१० केजी धुने र ७ केजी सुकाउने क्षमता रहेको यस मेसिनमा अत्याधुनिक ‘डाइरेक्ट ड्राइभ’ मोटरको प्रयोग गरिएको कम्पनीले जनाएको छ
काठमाडौँ — ‘सीजी मेरिडिया’ ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वासर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
वर्षायाममा लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ ।
ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई दृष्टिगत गर्दै उक्त वासर ड्रायर ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वासर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको कम्पनीको भनाइ छ ।
१० केजी धुने र ७ केजी सुकाउने क्षमता रहेको यस मेसिनमा अत्याधुनिक ‘डाइरेक्ट ड्राइभ’ मोटरको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी दिएको छ ।
