साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ ।
मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।
यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने उनको विश्वास छ ।
सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले जनाए । उनले टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।
