एनआईसी एसियाको साताव्यापी कार्यक्रम

बैंकले कोशीमा ४, बागमतीमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

NIC Asia’s Weeklong Program

काठमाडौँ — एनआईसी एसिया बैंक लिमिटेडले साताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको छ ।

२९औं वार्षिकोत्सवका अवसरमा बैंकले उक्त कार्यक्रम गरेको हो ।

यसअनुसार साउनको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनका लागि खानेपानी वितरण गर्‍यो ।

बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा रक्तदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ विद्यालय र एक आश्रममा सहयोग उपलब्ध गराएको छ ।

बैंकले कोशीमा ४, बागमतीमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully