हरित ऊर्जा प्रवर्द्धनमा हुवावेको पहल

नेपालले नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्दै विद्युत् पूर्वाधारलाई थप सुदृढ बनाइरहेको वर्तमान अवस्थामा हुवावेका नवीनतम डिजिटल पावर समाधानले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, सौर्य ऊर्जाको प्रभावकारी उपयोग बढाउन तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Huawei's Initiative in Promoting Green Energy

काठमाडौँ — हुवावेले फ्युजन सोलार ९.० स्मार्ट पीभी सोलुसन र ल्युटेरा युटिलिटी ग्रिड फर्मिङ ईएसएस सार्वजनिक गर्दै नेपालको हरित ऊर्जा भविष्यलाई थप सशक्त बनाउन पहल थालेको छ ।

यससँगै नेपालमा स्वच्छ, भरपर्दो तथा दिगो ऊर्जातर्फ नेपालको संक्रमणलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई हुवावेले पुन: पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘स्टेप इन्टो द अल– सिनारियो ग्रिड फार्मिङ एरा’ नाराका साथ आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी नयाँ समाधान सार्वजनिक गरे ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, ऊर्जा विकासकर्ता, उद्योगी, व्यावसायिक साझेदार तथा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालले नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्दै विद्युत् पूर्वाधारलाई थप सुदृढ बनाइरहेको वर्तमान अवस्थामा हुवावेका नवीनतम डिजिटल पावर समाधानले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, सौर्य ऊर्जाको प्रभावकारी उपयोग बढाउन तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully