आईएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालित साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं योजना २१ पुस २०८२ देखि १६ असार २०८३ सम्म सञ्चालन भएको थियो ।
काठमाडौँ — साउदीबाट टिक्मोमार्फत आईएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाईडी एट्टो १ ईभी कार जितेका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।
विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आईएमई र टिक्मोका यस्ता योजना केवल सेवा प्रदान गर्नमा मात्रै सीमित नभई परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उनले उल्लेख गरे ।
विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाको सपनालाई साकार पार्न आईएमई सदैव अग्रसर रहेको आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलको भनाइ छ ।
विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुर्याउन आईएमईले अतुलनीय भूमिका निभाएको उनले जनाए ।
आईएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालित साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं योजना २१ पुस २०८२ देखि १६ असार २०८३ सम्म सञ्चालन भएको थियो ।
