प्रोटोन इ.मास ५ को मूल्य २९.९९ लाख

जगदम्बा मोटर्सले नेपालमा सार्वजनिक गरिएको अवसरमा प्राइम भेरियन्टको मूल्य २९.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ तोकेको छ ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

Proton E.Mass 5 Price 29.99 Lakhs

What you should know

काठमाडौँ — नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । प्रोटोन इ.मास ५ ले नयाँ कम्प्याक्ट विद्युतीय एसयूभीको विकल्प प्रदान गर्नुको साथै ग्राहकको सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्ने पनि कम्पनीको दाबी छ ।

प्रोटोन इ.मास ५ ले मलेसियाको प्रतिष्ठित अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्समा 'इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६' उपाधि पनि प्राप्त गरिसकेको छ ।

अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संयोजन रहेको इ.मास ५ मा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ । साथै, यसमा अगाडि ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क) र पछाडि ३७५ लिटरको विस्तार गर्न मिल्ने रियर लगेज कम्पार्टमेन्टसहित सामान राख्न मिल्ने ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।

जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै इ.मास ५ सार्वजनिक गरिएको बताए । प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी २ भेरियन्टमा उपलब्ध छन् । जगदम्बा मोटर्सले नेपालमा सार्वजनिक गरिएको अवसरमा प्राइम भेरियन्टको मूल्य २९.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ तोकेको छ । यी विशेष प्रारम्भिक मूल्य पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

ग्राहकले देशभरका प्रोटोन इ.मास शोरुममा गई नयाँ प्रोटोन इ.मास ५ को प्रत्यक्ष अनुभव लिन तथा यसका विशेषताबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।  सीमित अवधिमा लागु हुने प्रारम्भिक मूल्यमा इ.मास ५ बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully