स्वदेशमै उद्यमशीलताका सम्भावना पहिल्याउन र आफ्नो व्यवसायलाई आधुनिक किसिमले अघि बढाउन पनि तालिम सहयोगी हुने कम्पनीको विश्वास छ ।
काठमाडौँ — टाटा जेन्युइन पार्ट्सको आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सको दोस्रो पुस्तालाई लक्ष्य गरी उद्यमशीलता तालिम गरेको छ ।
अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिन, पुस्तान्तरणलाई सहज बनाउन र नयाँ पुस्ताका युवालाई विदेश पलायन हुनबाट बचाउन तालिम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
स्वदेशमै उद्यमशीलताका सम्भावना पहिल्याउन र आफ्नो व्यवसायलाई आधुनिक किसिमले अघि बढाउन पनि तालिम सहयोगी हुने कम्पनीको विश्वास छ ।