यस पहलले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्ने फाउन्डेसनको दाबी छ ।
काठमाडौँ — डब्लूडब्लूएफ नेपाललाई मेटलाइफ फाउन्डेसनले १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ ।
बर्दियाको राजापुर नगरपालिकामा प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास जीवन नामक परियोजना कार्यान्वयन गर्न उक्त सहयोग गरिएको मेटलाइफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस पहलले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्ने फाउन्डेसनको दाबी छ ।
यस क्षेत्रमा बारम्बार आउने बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण स्थानीय समुदायको जीविकोपार्जन र खाद्य सुरक्षामा निरन्तर जोखिम उत्पन्न भइरहेको छ ।
एकवर्षे परियोजनाले न्यून आय भएका १ सय ४० घरपरिवारको जलवायु उत्थानशीलता सुदृढ गर्दै आर्थिक अवसर विस्तार गर्ने लक्ष्य राखेको छ ।
