सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
काठमाडौँ — लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रीन कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ ।
यस अभियानअन्तर्गत फिफा वर्ल्डकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक रुख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो ।
विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो ।
यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताका आधारमा डब्लूडब्लूएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार कामदी सीएफसीसीसँग जोडेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
