नाइमामा हङ्सी ब्रान्डको विद्युतीय एसयूभी राखिँदै

एडभान्स्ड अटोमोबाइलले हङ्सीका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने जनाइएको छ । हङ्सीले आईसी इन्जिन, हाइब्रिड र बीईभी गरी तीन वटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ ।

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Hongsi brand electric SUV being placed in Naima

काठमाडौँ — चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड हङ्सी नेपाल आएको छ ।

चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रूपमा स्थापित भएको उक्त ब्रान्ड नेपाल आएको हो ।

चिनियाँ भाषामा हङ्सीको शाब्दिक अर्थ रातो झन्डा भन्ने हुन्छ ।

हङ्सी ब्रान्डका विद्युतीय एसयूभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

एडभान्स्ड अटोमोबाइलले हङ्सीका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने जनाइएको छ । हङ्सीले आईसी इन्जिन, हाइब्रिड र बीईभी गरी तीन वटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully