होन्डाको नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने कम्पनीको भनाइ छ ।

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

Honda's free 'airbag safety recall'

काठमाडौँ — नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नि:शुल्क सेफ्टी रिकल अभियान सञ्चालन गरेको छ ।

यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होन्डा कारका विभिन्न मोडेल प्रभावित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कार पर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने कम्पनीको भनाइ छ ।

यस अभियानअन्तर्गत प्रभावित गाडीको एयरब्याग जाँच र आवश्यक मर्मत वा इनफ्लेटर परिवर्तन पूर्ण रूपमा नि:शुल्क गरिने कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully