यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ । यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीको भनाइ छ ।
काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल किन्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ ।
यस व्यवस्थासँगै मासिक किस्ता (ईएमआई) उल्लेख्य घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।
‘यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ । यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीको भनाइ छ ।