नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआई

एआईएआईले विश्वविद्यालय, सार्वजनिक संस्था, व्यवसाय, स्टार्टअप र विकास साझेदारसँग मिलेर कार्यक्रम कार्यान्वयन, तालिम, पाइलट कार्यक्रमहरू र इकोसिस्टम विकासको समन्वय गर्ने जनाइएको छ ।

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

AIAI, Sarvam's Country Partner for Nepal

काठमाडौँ — भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी तथा नयाँ एआई युनिकर्न सर्वम र नेपालस्थित एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) बीच नेपालमा कृत्रिम बौद्धिकता (एआई) शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन र यसको प्रयोगलाई अगाडि बढाउन साझेदारी भएको छ ।

सर्वमका सहसंस्थापक तथा निर्देशक विवेक राघवन र एआईएआईका संस्थापक निर्देशक सुनील केसीबीच हस्ताक्षर भएको सम्झौताअनुसार सर्वमको फुल स्ट्याक एआई प्लेटफर्म र प्राविधिक विशेषज्ञतालाई एआईएआईको संस्थागत सञ्जालले नेपालमा कार्यान्वयनमा लैजाँदै एआई क्षमताका लागि भारत नेपालबीच पुलको काम गर्छ ।

समझदारीअनुसार एआईएआईले नेपालका लागि सर्वमको कन्ट्री पार्टनरका रूपमा काम गर्नेछ ।

एआईएआई एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) को भगिनी संस्था हो । एआईएआईले बृहत् सर्वम फर नेपाल कार्यक्रमअन्तर्गत सर्वम फरवार्ड नेपालको नेतृत्व गर्नेछ ।

एआईएआईले विश्वविद्यालय, सार्वजनिक संस्था, व्यवसाय, स्टार्टअप र विकास साझेदारसँग मिलेर कार्यक्रम कार्यान्वयन, तालिम, पाइलट कार्यक्रमहरू र इकोसिस्टम विकासको समन्वय गर्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully