धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने
काठमाडौँ — सिद्धार्थ बैंकले ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ ।
ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।
यसअन्तर्गत ग्राहकले सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने बैंकको भनाइ छ ।
ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा सिद्धार्थ बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखामा लिन सकिने बताइएको छ ।
