एनसेल एपमा ‘सेक एन्ड विन’

अफरमार्फत ग्राहकले पार्टनर्ड सर्भिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदा उपहारका रुपमा प्राप्त गर्न सक्छन् ।

श्रावण १, २०८३

कान्तिपुर संवाददाता

'Sell and Win' on Ncell app

काठमाडौँ — एनसेलले एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ ।

यस अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।

एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर सञ्चालनमा ल्याएको बताएाके छ ।

अफरमार्फत ग्राहकले पार्टनर्ड सर्भिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदा उपहारका रुपमा प्राप्त गर्न सक्छन् ।

प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तक्र्रियात्मक बन्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुलाई उपलब्ध हुने उपहारमा नि:शुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा नि:शुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्ट तथा यात्रा एवं साहसिक गतिविधिमा विशेष छुटलगायत छन् ।

कान्तिपुर

Link copied successfully