एकसाथ गरिमा विकास बैंकका तीन डिजिटल बैंकिङ सेवा

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

श्रावण १, २०८३

कान्तिपुर संवाददाता

Garima Bikas Bank's three digital banking services together

काठमाडौँ — गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।

विकास बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल्स तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो ।

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस सेवाले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहज रुपमा नगद प्राप्त गर्न सक्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully