विद्यालयमा महालक्ष्मी विकास बैंकको सहयोग

कञ्चनपुरको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई ८० थान विद्यालय झोला वितरण

असार ३२, २०८३

कान्तिपुर संवाददाता

Mahalaxmi Bikas Bank's support to schools

काठमाडौँ — महालक्ष्मी विकास बैंकले विद्यालयदेखि विभिन्न क्षेत्रमा सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यलगायत क्षेत्रमा सहयोगका कार्यक्रम गरेको छ ।

झापाको पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिकामा रहेको सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरमा रहेको वंशगोपाल आधारभूत विद्यालय र पूर्वी नवलपुरको गंैडाकोट रहेको नवदुर्गा आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्नका लागि विभिन्न रोटरी क्लबमार्फत बैंकले आर्थिक सहयोग गरेको जनाइएको छ ।

कञ्चनपुरको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई ८० थान विद्यालय झोला वितरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully