कम्पनीले शंखरापुर–साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर–जम्बु डाँडास्थित बंसल टायल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा नयाँ शोरुम सुरु गरेको हो ।
काठमाडौँ — टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा थप दुई ‘एम्पोरियो’ डिलर शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले शंखरापुर–साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर–जम्बु डाँडास्थित बंसल टायल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा नयाँ शोरुम सुरु गरेको हो ।
लुम्बिनी सेरामिक्सद्वारा बर्दियामा उत्पादित लामिनारका फुल्ली भिट्रिफाइड (एनएस ६१७) टायल कम पानी सोस्ने र मजबुत हुने भएकाले घर, होटल, कार्यालय तथा सार्वजनिक संरचनामा उपयुक्त रहेको कम्पनीको दाबी छ । शोरुममा फुल–बडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह (जर्मसेफ) र हाइ–ग्लोससहित ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन् ।
कम्पनीका अनुसार शोरुम घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको हो । टायल छनोटका क्रममा प्रयोगअनुसार उपयुक्त विकल्पबारे परामर्शसमेत उपलब्ध गराइने जनाइएको छ ।
लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले शोरुमले ग्राहकलाई गुणस्तर र उपयोगिताका आधारमा टायल छनोट गर्न सहज बनाउने बताए । प्रबन्ध निर्देशक आशुतोष खेतानले नेपालमै उत्पादन हुने टायलको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति रहेको उल्लेख गरे ।
सुपर सप्लायर्सका अध्यक्ष भँवरलाल बिश्नोई र बंसल टायल्स एन्ड ग्रेनाइट हबका अध्यक्ष निशान्त अग्रवालले ग्राहकमा टिकाउपन, मर्मतसम्भारको सहजता, सुरक्षा र प्रमाणीकरणप्रतिको चासो बढ्दै गएको बताए ।कम्पनीले देशभर १६० भन्दा बढी एम्पोरियो शोरुम विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
