कम्पनीका अनुसार ६ जीबी र्याम/१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम /१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
काठमाडौँ — सामसङ नेपालले नयाँ ग्यालेक्सी ए२७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले युवालाई लक्षित गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) सुविधासहितको यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा ६.७ इन्चको एफएचडी+ सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा ४ नानोमिटर स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर दिइएको छ । फोनमा ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड, २ मेगापिक्सेल म्याक्रो तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।
५ हजार एमएएच ब्याट्रीमा २५ वाट फास्ट चार्जिङको सुविधा छ । सामसङ नक्स भल्ट सुरक्षा प्रणाली, आईपी६४ वाटर तथा डस्ट रेसिस्टेन्स र एन्ड्रोइड १६ मा आधारित वान यूआई ८.५ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फोनमा भ्वाइस ट्रान्सक्रिप्सन, गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता एआई सुविधाको समेत सपोर्ट छ भने ६ वर्षसम्म सफ्टवेयर र सुरक्षा अपडेट उपलब्ध गराइने जनाएको छ ।
६ जीबी र्याम/१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम /१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले २४ महिनासम्मको ईएमआई सुविधा, पुरानो मोबाइल साट्न अतिरिक्त ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा एनसेलको १२० जीबी डेटा अफरसमेत उपलब्ध गराएको जनाएको छ ।
