नयाँ शोरुममार्फत मोरङ तथा आसपासका ग्राहकलाई वाल टायल्स, फ्लोर टायल्स र बाथवेयरका विभिन्न उत्पादन एकै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको सहकार्यमा शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
नयाँ शोरुममार्फत मोरङ तथा आसपासका ग्राहकलाई वाल टायल्स, फ्लोर टायल्स र बाथवेयरका विभिन्न उत्पादन एकै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ । शोरुममा ग्राहकले विभिन्न डिजाइन, टेक्स्चर र फिनिसिङका टायल्स प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
घर निर्माण, व्यावसायिक भवन तथा इन्टेरियर डिजाइनका लागि आवश्यक उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्सले नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।
कम्पनीले ३ हजारभन्दा बढी डिजाइनका टायल्स उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ । यसको उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी–ड्युटी भिट्रिफाइड टायल्सलगायतका सामग्री समावेश छन् । कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्दै आएको तथा गुणस्तर र दिगोपनामा जोड दिँदै बजार विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।
