हेल्दी होमले अहिलेसम्म ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा दिइसकेको दाबी गरेको छ ।
काठमाडौँ — होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोल्युससन सेन्टर हेल्दी होमले २१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ । हेल्दी होमको २ दशकको यस यात्राले नेपालको वेलनेस उद्योगमा कम्पनीको योगदान, ग्राहक सेवाप्रति प्रतिबद्धता र सेवाग्राहीको विश्वासलाई प्रतिबिम्बित गरेको जनाएको छ ।
२०६३ सालमा मोहन भुसाल र कृष्ण भण्डारीले संयुक्त रुपमा स्थापना गरेको हेल्दी होम काठमाडौं र पोखरामा ४ साखासहित वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अग्रणी नामका रूपमा विकसित भएको छ । अहिलेसम्म ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा दिइसकेको छ ।
हेल्दी होम वेट म्यानेजमेन्ट, बडि सेपिङ, स्किन एण्ड हेयर एनलाइसिस सेवाका लागि परिचित रहेको कम्पनीको दाबी छ । हेल्दी होमले नेपालमा पहिलोपटक तौल घटाउने सेवा तथा प्रविधि भित्र्याउँदै वेलनेस तथा ट्रान्सफर्मेसन सेवाहरू कसरी प्रदान गरिन्छ भन्ने दृष्टिकोणलाई नै पुनः परिभाषित गरेको छ ।
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले भने, ‘हेल्दी होमको लागि २१ औं वार्षिकोत्सव वास्तवमै एक गौरवशाली उपलब्धिको साथ–साथै अझ ठूलो जिम्मेवारीको सुरुवात हो ।’ हेल्दी होम स्थापना गर्दा हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु समेत रहेको जनाएको छ ।
२१औं वार्षिकोत्सवलाई अझ विशेष बनाउन हेल्दी होमले वार्षिकोत्सव विशेष क्याम्पेन सुरु गरेको थियो जसमा चौथो हुने जनाले हेल्दी होमको गिफ्ट हृयाम्पर, तेस्रो हुने ३ जनाले स्किन केयर हृयाम्पर, २ जनाले वेट लस प्रोग्राम र प्रथम हुनेले १ लाख नगद पुरस्कार प्राप्त गरेका थिए । विजेताको छनोट लक्की ड्रमार्फत गरिएको थियो ।
