सिटी एक्सप्रेस मनि ट्रान्सफरको रक्तदान कार्यक्रम 

वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको छ ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

City Express Money Transfer's blood donation program

काठमाडौँ — सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०औं वर्षमा पवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय 'रक्तदान जीवनदान–हामी सबैको योगदान' मूल नाराका साथमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको  उत्कृष्ट कर्मचारीहरूलाई  पुरस्कृत पनि गरेको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालले पनि उपस्थित थिए । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १९ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ । 

कान्तिपुर

Link copied successfully