आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउन ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्ष्य गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने गरी प्रणाली विकास गरिएको बैंकले बताएको छ ।