विद्यार्थीको पठनपाठन र गुणस्तरीय शिक्षा वृद्धिमा सहयोग गर्ने उद्देश्यले गरिब तथा विपन्न वर्गका विद्यार्थीका लागि विद्यालय पोसाक, झोला र शैक्षिक सामग्री प्रदान
काठमाडौँ — एनआईसी एसिया बैंकले लमजुङको सुन्दरबजारस्थित सर्वोदय माध्यमिक विद्यालय र दाङको तुलसीपुर उपमहानगरपालिका–१ को वीरेन्द्र माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यार्थीको पठनपाठन र गुणस्तरीय शिक्षा वृद्धिमा सहयोग गर्ने उद्देश्यले गरिब तथा विपन्न वर्गका विद्यार्थीका लागि विद्यालय पोसाक, झोला र शैक्षिक सामग्री प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१ सय ८३ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा बैंकको बेंसीसहर शाखाका निमित्त शाखा प्रमुख कंबलजित सिंह सन्धुले विद्यालयका सहप्रधानाध्यापक लालबहादुर गुरुङलाई पोसाक, झोला र शैक्षिक सामग्री हस्तान्तरण गरे ।
बैंकले दाङको वीरेन्द्र माविमा पनि झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।
३ सय ८३ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा बैंकका घोराही सर्कल प्रमुख विनोदप्रसाद जैसी र तुलसीपुर शाखाका शाखा प्रमुख राजिभ ओलीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीलाई झोला र शैक्षिक सामग्री हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।
