कजरिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले शोरुमको उद्घाटन गरे ।
काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले इटहरीको हलगडामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
ए–क्लास मार्बल्स एन्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पुर्याउने उद्देश्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कजरिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले शोरुमको उद्घाटन गरे ।
आधुनिक र ग्राहकमैत्री शैलीमा व्यवस्थित गरिएको शोरुमले ग्राहकलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । हलगडा, इटहरी तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न अग्रवालले अनुरोध गरे ।
