एसियन पेन्ट्सको कलाइडस्कोप पुरस्कार वितरण

असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।

असार २७, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियन पेन्ट्स नेपालले कलाइडस्कोप नामक नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ ।

युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिक अध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढ बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलाइडस्कोप नेपालका भावी वास्तुकार तथा आन्तरिक डिजाइनरलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च रहेको कम्पनीको भनाइ छ ।

असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।

शीर्ष ३ विजेतालाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully