दुईदिने मेलामा नेपालका विभिन्न विश्वविद्यालयअन्तर्गतका तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्था सहभागी हुने जनाइएको छ ।
काठमाडौँ — यही असार २७ र २८ मा काठमाडौंको द एभरेस्ट होटल, बानेश्वरमा बाह्रौं संस्करणको नेपाल हाइयर एजुकेसन फेयर गरिने भएको छ ।
भिजन मिडिया इन्कर्पोरेसन तथा अनुपम एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको मेलाको उद्देश्य नेपालमै उपलब्ध गुणस्तरीय उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकलाई सही, विश्वसनीय र प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै स्वदेशी शिक्षाप्रति सकारात्मक धारणा विकास गर्नु रहेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुईदिने मेलामा नेपालका विभिन्न विश्वविद्यालयअन्तर्गतका तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्था सहभागी हुने जनाइएको छ ।
मेलामा म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी, इन्जिनियरिङ, मेडिकल एन्ड हेल्थ साइन्सेस, बायोमेडिकल इन्जिनियरिङ, हस्पिटालिटी, एभिएसन, ह्यमानिटिज, ल, एजुकेसन तथा साइन्सलगायत क्षेक्रमा स्नातक तथा स्नातकोत्तर तहका कार्यत्रमबारे विस्तृत जानकारी एवं निःशुल्क शैक्षिक तथा करिअर परामर्श प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
मेलामा ५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
