नेपाल ल्याइँदै लिपमोटर बी०३ इलेक्ट्रिक एसयूभी

नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित यस गाडीमा १ सय किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट–ह्विल–ड्राइभ प्रणाली छ,

असार २५, २०८३

कान्तिपुर संवाददाता

Lipmotor B03 Electric SUV to Be Brought to Nepal

काठमाडौँ — चिनियाँ बजारमा ए१० र नेपाललगायत अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर बी०३ इलेक्ट्रिक एसयूभी नेपाल ल्याइने भएको छ ।

दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको यो पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको थियो ।

नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित यस गाडीमा १ सय किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट–ह्विल–ड्राइभ प्रणाली छ, जसले २०० एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाडीमा १८ इन्चको एलोय ह्विल तथा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता प्रिमियम सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको कम्पनीको विश्वास छ ।

चीनको अग्रणी ईभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १५ लाखभन्दा बढी विश्वव्यापी बिक्री गाडीहरूले प्रमाणित गर्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully