एनआईसी एसिया बैंकले दियो बाल विनायक विद्यालयलाई कम्प्युटर

गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरिएको छ ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

NIC Asia Bank donates computers to Bal Vinayak School

काठमाडौँ — एनआईसी एसिया बैंकले भक्तपुरको बालकोटस्थित बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१ सय ७० भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौंपूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–२ का अध्यक्ष जनार्दन खड्काज्यू र विद्यालयका प्रधानाध्यापकसविना राजभण्डारीलाई संयुक्त रुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।

कान्तिपुर

Link copied successfully