शिक्षण संस्थालाई नेपाल एसबीआई बैंकको सहयोग

नेपाल एसबीआई बैंकले ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अहिले बैंकका १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १ सय २७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

Nepal SBI Bank's support to educational institutions

काठमाडौँ — आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाल एसबीआई बैंकले विभिन्न शैक्षिक संस्थालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

प्रविधिमैत्री शिक्षाको प्रवद्र्धनका लागि विराटनगरस्थित लक्ष्मीनारायण वेद विद्याश्रमलाई स्मार्ट बोर्ड प्रदान गरेको छ ।

साथै विराटेश्वर ज्येष्ठ नागरिकमैत्री क्लिनिकलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वीरेन्द्रनगरस्थित बैंकले प्रभात माध्यमिक विद्यालय तथा हरिदिल भूमि माध्यमिक विद्यालयलाई पनि स्मार्ट बोर्ड प्रदान गरी प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयसहित सबै प्रदेशमा रक्तदान कार्यक्रमसमेत गरेको बताएको छ ।

नेपाल एसबीआई बैंकले ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अहिले बैंकका १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १ सय २७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कान्तिपुर

Link copied successfully