कार्यक्रम अन्तर्गत १०५ वटा सडक कुकुरहरूलाई रेबिज विरुद्ध खोप प्रदान गरिएको थियो ।
काठमाडौँ — सिद्धार्थ बैंकले ललितपुर महानगरपालिका–२२, बुङमतीमा सडक कुकुरको रेबिजविरुद्ध खोप तथा समुदायम सचेतना कार्यक्रम गरेको छ ।
ललितपुर महानगरपालिका–२२ तथा स्नेहाज केयरको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम अन्तर्गत १०५ वटा सडक कुकुरहरूलाई रेबिज विरुद्ध खोप प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय समुदायलाई रेबिज रोगको रोकथाम, सुरक्षित पशु व्यवहार, पशु कल्याण तथा सार्वजनिक स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक जानकारी प्रदान गरियो ।
