ब्रिटिस कलेजलाई आरटीसीको मान्यता

कार्यक्रम विशेष रूपमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) का विद्यार्थी, एफिलिएटेड तथा सदस्यका लागि लागि तयार गरिएको छ

असार २२, २०८३

कान्तिपुर संवाददाता

RTC recognizes British College

काठमाडौँ — ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेजले युनिभर्सिटी अफ लन्डनको बीएससी प्रोफेसनल अकाउन्टेन्सी कार्यक्रम सञ्चालन गर्न रिकग्नाइज्ड ट्रेनिङ सेन्टर (आरटीसी) को मान्यता पाएको छ ।

यस मान्यतासँगै कलेजले नेपालमा विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो कार्यक्रम विशेष रूपमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) का विद्यार्थी, एफिलिएटेड तथा सदस्यका लागि लागि तयार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यक्रममार्फत विद्यार्थीहरूले एसीसीए अध्ययनलाई निरन्तरता दिँदै युनिभर्सिटी अफ लन्डनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्नातक उपाधि हासिल गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । 

कान्तिपुर

Link copied successfully