सबै कार्यक्रम श्रम बजारले खोजेको व्यावहारिक र उद्योग–तयार सीप दिने गरी डिजाइन
काठमाडौँ — शुभश्री कलेज अफ म्यानेजमेन्टले ‘एजुकेसन एक्सिलेन्स अवार्ड २०२६’ मा प्रतिष्ठित ‘एक्सिलेन्स इन इन्डस्ट्री–एकाडेमिया पार्टनरसिप’ अवार्ड प्राप्त गरेको छ ।
शैक्षिक अध्ययन र उद्योगको वास्तविक मागबीच सशक्त पुल निर्माण गरेको भन्दै कलेजलाई यो सम्मान प्रदान गरिएको हो ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शुभश्रीले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए, ब्याचलर अफ होटल म्यानेजमेन्ट बीएचएम र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी बीसीएसआईटी जस्ता करिअरमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सबै कार्यक्रम श्रम बजारले खोजेको व्यावहारिक र उद्योग–तयार सीप दिने गरी डिजाइन गरिएको हेड अफ इन्स्टिच्युट मनिता ओलीले जनाइन् ।
‘शुभश्रीलाई अरू कलेजभन्दा फरक बनाउने भनेकै देशका अग्रणी कर्पोरेट, उद्योग र होटलहरूसँग गरिएको व्यापक साझेदारीले हो,’ उनले भनिन्, ‘कलेजले यी संस्थासँग धेरै सम्झौता गरेको छ । ती सम्झौता कागजमा मात्रै सीमित छैनन्, त्यसको सिधा फाइदा विद्यार्थीलाई कलेज पढ्दै गर्दा इन्टर्नसिप, हाते सीप र करियरको बाटोको रूपमा मिलिरहेको छ ।’
