आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको प्रवर्द्धन तथा नेपालभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने दिशामा सक्रियतापूर्वक काम गर्ने नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।
काठमाडौँ — नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारणसभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
यसअनुसार प्रथम उपाध्यक्षमा सन्दीप शर्मा, द्वितीय उपाध्यक्षमा सौरभ श्रेष्ठ चुनिएका छन् ।
कार्यसमिति सदस्यमा सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान चुनिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निवर्तमान अध्यक्ष अप्पा शेर्पा छन् ।
आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको प्रवर्द्धन तथा नेपालभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने दिशामा सक्रियतापूर्वक काम गर्ने नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।
अध्यक्ष अनुभव श्रेष्ठको नेतृत्वमा एनवाईईएफ काठमाडौंले युवा उद्यमीहरूको अग्रणी मञ्चका रूपमा आफ्नो भूमिका अझ सुदृढ गर्दै उत्कृष्ट नेतृत्व विकास, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा अर्थपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष अनुभव श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीले मार्गदर्शन, सहकार्य, अवसर तथा अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा अझ सशक्त बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
