बजारमा ओप्पो ‘ए सिक्स एस प्रो’

अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटिएको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

असार २०, २०८३

कान्तिपुर संवाददाता

Oppo ‘A6S Pro’ in the market

काठमाडौँ — ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ ।

फ्ल्यागसिपबाट प्रेरित डिजाइन, उन्नत सेल्फी क्षमता, अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटिएको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९ सय ९९ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्ष्य गर्दै तयार गरिएको ओप्पो ‘ए सिक्स एस प्रो’मा ५० एमपी ०.६ एक्स १००–डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा छ ।

यसले अझ स्पष्ट, विस्तृत र प्राकृतिक रङसहितका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

स्मार्टफोनमा ६.५७ इन्च एमोलेड डिस्प्ले छ, जसमा १ सय २० हर्ज हाई रिफ्रेस रेट उपलब्ध छ ।

यसले दैनिक प्रयोगमा अल्ट्रा–स्मुथ स्क्रोलिङ, छरितो रेस्पोन्स र जीवन्त भिजुअल अनुभव प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । १ हजार ४ सय निट्ससम्मको हाई ब्राइटनेस भएकाले कडा घाममा समेत डिस्प्ले उज्यालो र सजिलै हेर्न सकिने हुने कम्पनीले बताएको छ ।

डिभाइसमा रहेको विशाल ७००० एमएएच ब्याट्रीले प्रयोगकर्तालाई दिनभर कनेक्टेड रहन सघाउँछ ।

फोनमा ८० वाट सुपरभुक फ्ल्यास चार्ज सपोर्ट उपलब्ध छ, जसले ६१ मिनेटमै १ सय प्रतिशत चार्ज गर्न सक्षम बनाउने कम्पनीको भनाइ छ ।

ओप्पोले ओप्पो ‘ए सिक्स एस प्रो’ ८ जीबी+२५६ जीबी खरिद गर्ने ग्राहकका लागि दुईमहिने रिप्लेसमेन्ट पोलिसी पनि उपलब्ध गराएको छ । अगस्ट २, २०२६ सम्मको प्रवद्र्धनात्मक अवधिमा डिभाइस खरिद गर्ने ग्राहकले यो अफर पाउनेछन् ।

कान्तिपुर

Link copied successfully