नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको हो ।
काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ आयोजना गरेको छ ।
आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ह्याकाथन गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहबीच शुक्रबार उक्त डिजिटल प्रतियोगिताको उद्घाटन गरे ।
नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको हो ।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोली छानिएका छन् ।
दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगितामा १४ टोलीको सहभागीता रहेको बैंकले जनाएको छ । यसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीका लागि आवसिय व्यवस्था छ । प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
