ग्राहकले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफर पनि प्राप्त गर्न सक्ने
काठमाडौँ — दराज नेपालले ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ ।
अभियानमार्फत ग्राहकले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहार जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
७.७ महाबचत बजार सेल अभियान, जुलाई ६ (२२ असार, २०८३) को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ । अभियान अवधिभर ग्राहकले विभिन्न क्याटेगोरीका उत्पादनमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।
नि:शुल्क डेलिभरी र ५० लाख बराबरका भौचरसमेत उपलब्ध हुने कम्पनीले बताएको छ ।
ग्राहकले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफर पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।
प्लाटिनम ब्रान्ड पार्टनर्सअन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था छ ।
गोल्ड ब्रान्ड पार्टनर्स ब्रान्ड हाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्रान्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पी सेफ, फ्यानटेक तथा ह्रोतोका छानिएका उत्पादन ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने कम्पनीले बताएको छ ।
