होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर तथा रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत डोमेस्टिक रिटेल बैंक अफ द इयर र एसएमई बैंक अफ द इयरबाट बैंक सम्मानित
काठमाडौँ — सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) द्वारा नेपाल एसबिआई बैंक लिमिटेड सम्मानित भएको छ ।
होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर तथा रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत डोमेस्टिक रिटेल बैंक अफ द इयर र एसएमई बैंक अफ द इयरबाट बैंक सम्मानित भएको जनाइएको छ ।
यी अन्तर्राष्ट्रिय सम्मानले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले आफ्ना सेवा अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्ने विज्ञप्तिमा उल्लेख छ ।
