यांगो राइडको सडक सुरक्षा कार्यक्रम

२ सय नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण र २ सयभन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Yango Ride's Road Safety Program

काठमाडौँ — यांगो ग्रुपअन्तर्गतको यांगो राइडले नेपाल ट्राफिक प्रहरीसागको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रममा फ्लिट पार्टनर इन्नोहबमार्फत २ सय नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो । साथै २ सयभन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully