वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफर पनि ल्याएको छ । देशभरका सेवा केन्द्रमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको कम्पनीको दाबी छ ।
काठमाडौँ — आफ्नो ७१औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरेको छ ।
यामाहा मोटर कम्पनीले हरेक वर्ष १ जुलाईलाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ ।
यस वर्षको ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउामा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालभरका १ सयभन्दा बढी डिलरले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए । यामाहा मोटर इन्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफर पनि ल्याएको छ । देशभरका सेवा केन्द्रमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको कम्पनीको दाबी छ ।