अभियानलाई निरन्तरता दिँदै कम्पनीले अहिले न्यून आय भएका सडक व्यवसायी तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई नि:शुल्क गार्डेन अम्ब्रेला वितरण गरेको छ
काठमाडौँ — डिजिटल पेन्ट्सले रङरोगनको व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ ।
केही समयअघि कम्पनीले सुनसरीको तरहरास्थित इलाका प्रहरी कार्यालय तरहराका दुवै भवनमा नि:शुल्क रङरोगन गरी सुरक्षा निकायप्रति सम्मान व्यक्त गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अभियानलाई निरन्तरता दिँदै कम्पनीले अहिले न्यून आय भएका सडक व्यवसायी तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई नि:शुल्क गार्डेन अम्ब्रेला वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
खुला आकाशमुनि व्यवसाय सञ्चालन गर्न बाध्य व्यवसायीलाई चर्को घाम र वर्षायामको वर्षाबाट केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवीप्रसाद गौतमले जनाए ।
सामाजिक उत्तरदायित्व उद्योगको दायित्व मात्र नभई समाजप्रतिको प्रतिबद्धता भएको उनको भनाइ छ ।
सडक किनारामा कठिन परिस्थितिमा व्यवसाय गरिरहेका नागरिकलाई सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वासका साथ अम्ब्रेला वितरण गरिएको उनले बताए ।
