नेपाल लाइफलाई गोल्ड अवार्ड

अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्ने कम्पनीको दाबी

असार १८, २०८३

कान्तिपुर संवाददाता

Nepal Life wins Gold Award

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजना गरेको एक विशेष समारोहबीच उक्त प्रतिष्ठित अवार्ड प्रदान गरियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेको इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully