नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको विश्वास छ
काठमाडौँ — एलजीले नयाँ घरेलु उपकरण शृंखला एलजीका ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।
एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृंखला सार्वजनिक गरेको हो ।
भरतपुरस्थित भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरियो ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको ‘इसेन्सियल सिरिज’ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।
नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् ।
