सेग्मेन्टकै पहिलो रियर–ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

यससम्बन्धी प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने

असार १८, २०८३

कान्तिपुर संवाददाता

Jagdamba Motors introduces segment's first rear-wheel drive EV

काठमाडौँ — नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ प्रोटोन ई मास ५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसको आगमनले नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को महत्त्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो ।

यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई पनि समान प्राथमिकता दिएको छ ।

शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ बनाउँदै आएको बताएको छ ।

प्रोटोन ई मास ५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने जगदम्बा मोटर्सको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ ।

यससम्बन्धी प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully