सरस्वती र जनजागृति विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग

४ सय ५० विद्यार्थीको प्रविधिमा पहुँच तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको जनाइएको छ

असार १७, २०८३

कान्तिपुर संवाददाता

NIC Asia Bank supports Saraswati and Janajagruti Schools

काठमाडौँ — एनआईसी एसिया बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल डोटीस्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित जनजागृति माध्यमिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग दिएको छ ।

प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेकामा बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीलाई खाने, बस्ने सुविधासहित आवासीय सुविधा प्रदान गरिरहेका सरस्वती आधारभूत विद्यालयमा बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका ४ सय ५० विद्यार्थीको प्रविधिमा पहुँच तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully