प्रतिष्ठित २०२५ लन्डन डिजाइनअन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा ओरा ५ ले उक्त उपाधि जितेको हो ।
काठमाडौँ — नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ ।
प्रतिष्ठित २०२५ लन्डन डिजाइनअन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा ओरा ५ ले उक्त उपाधि जितेको हो ।
‘यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ताकेन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको जीडब्लूएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक सौन्दर्यको अवधारणामा आधारित ओरा ५ ले प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित भन्ने मूल सोचलाई आत्मसात् गरेको कम्पनीले जनाएको छ ।
जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसको विशेष प्रारम्भिक मूल्य ४६ लाख ९९ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ ।
