१ सय ५० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था
काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाराको विश्रामपुर गाउँपालिकामा नि:शुल्क आँखा परीक्षण शिविर गरेको छ ।
स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजित शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा छ ।
शिविरमा ८ सय जना सेवाग्राहीले नि:शुल्क आँखा परीक्षण सेवा प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १ सय ५० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको पनि जनाइएको छ ।
बरैनिया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवालगायत स्थानमा शिविर आयोजना गरिएको थियो ।
