आईएमई लाइफ इन्स्योरेन्सलाई अवार्ड

अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रुपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्ने कम्पनीको दाबी

असार १७, २०८३

कान्तिपुर संवाददाता

Award to IME Life Insurance

काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल अवार्डअन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले आईक्यानद्वारा होटल याक एन्ड यतीमा आयोजित एक विशेष समारोहबीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरे ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रुपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully