नयाँ शोरुम पूर्ण थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो ।
काठमाडौँ — फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुम उद्घाटन गरिएको छ ।
सोमबार असार १५ मा एक समारोहबीच बुटवलको मणिग्राममा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बराल र फोटोनका कन्ट्री म्यानेजर श्री साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका हुन् ।
नयाँ शोरुम पूर्ण थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो । बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरिका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए।
