सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशतसम्मको छुट पाउने समझदारी पत्रमा मंगलबार एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।
काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाजबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा १० प्रतिशतसम्म छुट दिने समझदारी भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशतसम्मको छुट पाउने समझदारी पत्रमा मंगलबार एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।
सिनेमाजसँगको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।